FAQs Complain Problems

Photo Gallery

, , ,

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, उर्जा,जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य लगायत मन्त्रालयका सचिव ज्युहरु संग परामर्श, साक्षात्कार तथा बुलिङटारको समस्या र सम्भावनाहरु राख्दै, बुलिङटार गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी।

नवनिर्वाचित जनप्रतिनिधीहरुले छनौट गर्नु भएका कार्यपालिका सदस्यहरुको सपथ ग्रहण कार्यक्रमको तस्विर

बुलिङटार गाउँपालिकाको गौरवको आयोजना बुलिङटार सिचाइ आयोजना बुलिङटार गाउँपालिका अध्यक्ष श्री दिपेन्द्र सुनारी बुलिङटार गाउँपालिका वडा नं ३ वडाध्यक्ष श्री विष्णु विर जर्घा मगर लगायतले अवलोकन गर्नु भएको छ।

हाल उक्त सिचाइ आयोजनाको मर्मतसम्भार को कार्यहरु बुलिङटार गाउँपालिका मार्फत भइरहेको छ।

बुलिङटार गाउँपालिका वडा नं. ६ मा रहेको घुमारिघाट पर्यटकिय हिसाबले महत्वपूर्ण मानिन्छ । गाउँपालिका केन्द्रबाट १० किमि र महेन्द्र राजमार्गबाट ४२ किमिको दुरिमा रहेको घुमारि घाट ऐतिहासिक तथा धार्मिक रुपले निकै महत्वपूर्ण मानिन्छ । यसको पर्वद्धनका लागि गाउँपालिकाबाट डिपिआर तयार गरि पर्यटकिय स्थलको रुपमा विकास गर्नको लागि योजना बनाइएको छ।

 

बहुक्षेत्रिय पोषण योजनाको आ.व. २०७५/०७६ को योजना तर्जुमा बैठक गाउँपालिका  उपाध्यक्ष श्री मैना बि.क. को अध्यक्षतामा गाउँ कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण अधिकारी, बहुक्षेत्रिय पोषण योजनाको  जिल्ला संयोजक श्री सूर्य प्रसाद पौडेल र  विषयगत शाखाका प्रमुखहरुको साथमा सम्पन्न गरियो । साथै कार्यक्रममा बहुक्षेत्रिय पोषण योजनाको  जिल्ला संयोजक श्री सूर्य प्रसाद पौडेलले सहजिकरण गर्नु भएको थियो । 

बहुक्षेत्रिय पोषण योजनाको आ.व. २०७५/०७६ को योजना तर्जुमा बैठक गाउँपालिका  उपाध्यक्ष श्री मैना बि.क. को अध्यक्षतामा गाउँ कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण अधिकारी, बहुक्षेत्रिय पोषण योजनाको सहजिकरण जिल्ला संयोजक श्री सूर्य प्रसाद पौडेल र  विषयगत शाखाका प्रमुखहरुको साथमा सम्पन्न गरियो । साथै कार्यक्रममा बहुक्षेत्रिय पोषण योजनाको सहजिकरण जिल्ला संयोजक श्री सूर्य प्रसाद पौडेलले सहजिकरण गर्नु भएको थियो । 

,

यहि मिति २०७४ साल चैत्र २६ गते नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्य माननीय श्री शशांक कोइराला ज्यूको प्रमुख आतिथ्यमा दोस्रो ऐतिहासिक गाउँ सभा भव्यताका साथ सम्पन्न गरियो ।

,

२०७४/१२/८ गते परेको विश्व पानी दिवसको अवसरमा गाउँ पालिका परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो ।