महत्वपूर्ण सुचना
बुलिङटार गाउँपालिका संक्षिप्त परिचय
जिल्लाः नवलपरासी बर्दघाट सुस्ता पूर्व।
स्थानीय तहको नामः बुलिङटार गाउँपालिका
क्षेत्रफलः १४७.६८ वर्ग किलोमिटर
जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार,
कुल जनसंख्याः १४५९६ ( महिलाः ७५८९; पुरुषः ७००७); जनगणना घर संख्याः ३३०५ ; परिवार संख्याः ३५६९
वडा संख्याः ६ ( साबिकका ६ वटा गाविस मिली बनेको गाउँपालिका; कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी (४-९ वडाहरु), भारतीपुर गाविस)
जिल्ला सदरमुकाम देखि पालिका केन्द्र सम्मको दुरीः ४६ किलोमिटर
भौगोलि अवस्थितिः २७.७५०४७८ देखि २७.८४८७४६ उत्तरी अक्षांश र ८४.०९६१११ देखि ८४.३०१८२ पूर्वी देशान्तरसम्म
सिमानाः पूर्वमा गैडाकोट नगरपालिका, पश्चिममा बौदिकाली गाउँपालिका, उत्तरमा रिसिङ गाउँपालिका र दक्षिणमा देवचुली नगरपालिका
प्रमुख पर्यटकीय गन्तव्यः घुमारीघाट, झेरिखण्डे दरबार, देबचुलि डाँडा, बरचुलि डाँडा, झाक्री गुफा, गडगडी, रामेश्वरघाट, जलदेवी थान।
प्रमुख जातजातीः मगर, कुमाल, दराइ, नेवार, ब्राह्मण, क्षेत्री, बोटे आदी।
परम्परागत लोक नृत्यहरुः मगर समुदायको कौडा, चुट्का, सोरठी आदी।
यस गाउँपालिकाले नेपालको कुल भुभागको ०.०७८८ प्रतिशत र नवलपरासी (ब.सु.पू ) को १४.१५ प्रतिशत भूभाग ओगटेको छ।