FAQs Complain Problems

विवाह दर्ताको लागि आवश्यक कागजात र प्रक्रिया

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क त्यसपछि रु २०० मात्र।
आवश्यक कागजातहरु: 
  1. दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ।
  2. दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो,
  3. यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।  
प्रक्रिया: 

विवाह दर्ताका लागि सुचक बन्न सक्ने व्यक्ति

  1. विवाह दर्ता गर्न पति र पत्नी दुवै सूचक बन्न सक्दछन् । यदि दुई मध्ये कुनै एक उपस्थित हुन नसकेमा अनुपस्थित हुनेले अधिकृत वारेसनामा लिई दर्ता गराउन सकिनेछ ।
  2. विवाह दर्ता नभई पति वा पत्नी बेपत्ता भएमा अदालतबाट पति पत्नी नाता कायम भएको निर्णयका आधारमा विवाह दर्ता गराउन सकिन्छ ।  
  3. कसैले विवाह दर्ता गर्न ईन्कार गरेमा, पति वा पत्नी मध्ये पीडितले जिल्ला अदालतमा उपस्थित भई पति वा पत्नीको नाता कायम गरी पाँऊ भनि निवेदन दिनुपर्नेछ । सो निर्णयको आधारमा कुन विवाह दर्ता गर्न सकिन्छ । 
  4. विवाह दर्ता गर्नु पूर्व पति वा पत्नीको मृत्यु भएमा विवाह प्रमाणित गरी पति पत्नीको नाता कायम गराउनु पर्दछ । 
  5. मुलुकी देवानी संहिता २०७४ अनुसार बालविवाह र बहुविवाह कानुनतः दर्ता नहुने गरी र वाल विवाहको हकमा दुवै केटा केटीको उमेर २० वर्ष पूरा गरेर मञ्जुर भई आएमा दर्ता गर्न सकिन्छ ।
  6. नेपाली नागरिकले विदेशी नागरिकसँग विवाह गरेको हकमा अदालतबाट दर्ता विवाह गरे पश्चात दुवै स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा गएर विवाह  दर्ता गर्न सकिनेछ ।
  7. विदेशी नागरिकको हकमा सम्बन्धित देशको नेपालस्थित दुतावास वा सो व्यक्तिको देशको नियोगले सिफारिस गरेको कागजात लिएर जानुपर्दछ ।