FAQs Complain Problems

सम्बन्ध विच्छेदका लागि आवश्यक कागजातहरु र प्रक्रिया

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क त्यसपछि रु २०० मात्र।
आवश्यक कागजातहरु: 

सम्बन्ध विच्छेद दर्ता

  • सूचकको सहिछाप सहितको सूचना फाराम,
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
  • अदालतबाट सम्बन्धविच्छेद भएको फैसलाको प्रतिलिपि,

विदेशस्थित अदालतबाट भएको फैसलाको हकमा सम्बन्धित कुटनीतिक नियोगबाट प्रमाणित भएका अंगे्रजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणीकरण गरेको सक्कल प्रति।

प्रक्रिया: 

सम्बन्ध दर्ताका लागि सुचक बन्न सक्ने व्यक्ति

  • सम्बन्ध विच्छेदको सूचकका रुपमा  पति वा पत्नी मध्ये कुनै एक रहन सक्दछन् । 
  • विदेशमा नेपाली नागरिकको सम्बन्ध विच्छेद भएमा सम्बन्धित राष्ट्रको अदालतबाट सम्बन्ध विच्छेद भएको प्रमाण पेश गरी दर्ता गर्न सकिन्छ
  • सम्बन्ध विच्छेद भई आमासँग रहेको बच्चाको जन्म दर्ता गर्न मिल्छ तर त्यसका निम्ति बाबुको स्थायी ठेगानामा जन्म दर्ता भए नभएको एकिन गर्नुपर्ने हुन्छ ।
  • सम्बन्ध विच्छेद पश्चात पत्नी रहेको स्थायी ठेगानामा दर्ता गर्न मिल्दछ । यस अवस्थामा पति तर्फको स्थायी ठेगानामा रहेको पञ्जिकाधिकारी कार्यालयमा  सम्बन्ध विच्छेद दर्ता भए नभएको एकिन गर्नुपर्दछ ।